
काठमाडौं, वैशाख १४ । एमाले अध्यक्ष केपी शर्मा ओली बुधबार एक कार्यक्रमका लागि झापा पुगेका उनीविरुद्द सडकै प्रदर्शन तथा कालो झण्डा देखाएर विरोध प्रदर्शन भएको थियो ।आज इलाम नगरपालिका-१० गोदक खण्डमा ओलीको सवारी आवगमन नै रोकिनेगरी सडकमा रुख ढालेर विरोध प्रदशन भइरहेको हो ।
इलाम बजारमा पनि प्रदर्शनकारीहरुले विरोध गरिरहेका छन्। आफ्नो जन्मजिल्ला तेह्रथुमको आठराईमा सिटिइभिटीले निर्माण गरेको टेक्निकल कलेजको उद्घाटनका लागि ओली त्यहाँ पुग्ने कार्यक्रम रहेको थियो ।
ओली भने अर्कै बाटो प्रयोग गरेर कार्यक्रममा पुगीसकेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे