
गुल्मी, वैशाख १४ । गुल्मीको मालिका गाउँपालिमा गए राती जिप दुर्घटना भएको छ । दुर्घटनामा परी सह- चालक किशोर केसीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा चालक प्रेम केसी घाइते भएका छन् । घाइते केसीको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।
दर्लिङ्गदेखी बागलुङको भिमगिठे जाँदै गरेको लु १ च ९९११ को डबल क्याब जिप दुर्घटना भएको हो । जिप सडकभन्दा करिब १५० मिटर तल खसेको
छ ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे