
काठमाडौँ, १३ बैशाख । प्रतिनिधि सभा सदस्यको लागी बारा क्षेत्र नं २ उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पूर्व डिआइजी रमेश खरेलको जमानत जफत भएको छ । सदर मतको १० प्रतिशत ल्याउन नसकेपछि खरेलको जमानत जफत भएको हो ।
सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ।
कुल ६९ हजार मत खसेको बारा २ मा चौथो स्थानमा रहेर रमेश खरेलले २ हजार ८२९ मत मात्र प्राप्त गरेका छन् ।
बिजयी जनता समाजवादी पार्टीका उपेन्द्र यादवले २८ हजार ४ सय १५ मत पाउँदा जनमता पार्टीका कुशवाहाले २३ हजार ३ सय ३४ मत पाए। त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत प्राप्त गरेका छन्।
बारा २ मा ३ जना बाहेक खरेलसहित सबैको जमानत जफत भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे