
काठमाडौं , वैशाख १२ । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित पक्का भएको छ । लामिछाने ३७ हजार ४ सय १७ मत अन्तरले अगाडि हुनुहुन्छ । हालको ताजा मत गणना अनुसार लामिछानेले ४५ हजार ८ सय ४२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ८ हजार ४ सय २५ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेकपा (एमाले) का उम्मेदवार रामप्रसाद न्यौपानेले ८ हजार ३ सय ३० मत प्राप्त गरेका छन् । अब करिब १२ हजार मत गणना बाँकी रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे