
काठमाडौँ, वैशाख ११ | आज सोमबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।
तेजावी सुन प्रतितोला एक लाख ८ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी प्रतितोला १४ सय ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे