
काठमाडौँ, १० बैशाख । प्रतिनिधिसभाका तीन रिक्त सदस्य पदका लागी आज आइतबार उपनिर्वाचन शुरु भएको छ ।
तनहुँ क्षेत्र नं. १, चितवन निर्वाचन क्षेत्र नं.२ र बारा निर्वाचन क्षेत्र नं. २ मा उपनिर्वाचन हुन लागेको हो। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।
आयोगले तोकिएको मतदान केन्द्रमा उपस्थित भई निर्धक्क भइ मतदान गर्न मतदाता समक्ष अपिल गरेको छ।
जिल्लामा आवागमन र सवारी साधन सञ्चालनका लागि स्थानीय प्रशासनले तोकेबमोजिम हुने गरी गर्न निर्देश गरेको छ। उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ।
तनहुँ क्षेत्र नं. १ मा निर्वाचित नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति र बारा क्षेत्र नं. २ मा जसपाका रामसहाय यादव उपराष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको हो।
चितवन २ मा निर्वाचित रास्वपाका अध्यक्ष रवि लामिछाने नागरिकता प्रकरणमा पदमुक्त भएपछि यहाँ पुनः निर्वाचन हुन लागेको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे