
काठमाडौँ, वैशाख ८।नेपाली सेनाले सैन्य पदका लागि चार हजार पाँच सय जनाको आवेदन माग गरेको छ । माग गरिएको मध्ये सैन्य परिवार २२५, खुल्ला दुई हजार ३५१, महिला ३९०, आदिवासी जनजाति ६१७, मधेसी ५४०, दलित २८७ र पिछडिएको क्षेत्रबाट ९० जना रहेका छन् ।
सबै भन्दा धेरै सुर्खेत, कास्कीमा ३५०-३५० र उदयपुरमा ३०० जना सैन्य माग गरेको छ । म्मेदवारका लागि १८ वर्ष पुरा भई २२ वर्ष ननाघेका हुनुपर्ने छ ।
फारमका लागि जेठ १४ गतेसम्म अन्तिम समय तोकिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे