
चितवन, वैशाख ७। वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको चुनावी सभालाई सम्बोधन गर्न आज प्रधानमन्त्रीसहित तीन पूर्वप्रधानमन्त्री चितवन जाँदैछन् ।
दिउँसो ३ बजे हुने सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष बाबुराम भट्टराईले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार रहेका छन् ।कार्यक्रम आज दिउँसो ३ बजे कालिका नगरपालिका –४ पदमपुरस्थित क्याम्पसको फुटबल मैदानमा रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे