
काठमाडौँ, ७ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज चितवनमा गर्न लागेको वृहत चुनावी सभा विशेष रहने बताएका छन् । लामिछानेले उपनिर्वाचनको चुनावी सभाबाट तिनै क्षेत्रका आफना उम्मेदवारले चितवनका जनता मार्फत सिङ्गो देशलाई केही सुनाउन लागेको खुलासा गरेका छन् ।
उनले उपनिर्वाचनलाई राजनितीक भिडन्तको संज्ञा दिदैँ सारा राजनीतिक दल एकातिर, रास्वपा अर्का तिर भएको जिकिर गरे ।
उनले आजको उपस्तिथिले विशेष अर्थ राख्ने बताए ।
‘आजको सभा विशेष छ। सारा राजनीतिक दल एकातिर, रास्वपा अर्का तिर। यो वारपारको राजनितीक भिडन्त बारे आज हामी तिनै भाईले चितवनका जनता मार्फत सिङ्गो देशलाई केही सुनाउनु छ, ‘उनले भनेका छन् , ‘आजको तपाईंको उपस्तिथिले अर्थ राख्छ। आज चितवनमा खास मान्छेहरु पनि आउदैछ्न्। ३ बजे गेष्ट हाउस चौर।’

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे