
काठमाडौँ, ५ बैशाख । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता आज मंगलबारदेखि काठमाडौंमा सुरु हुँदैछ । नेपालसहित १० वटा देशले सहभागिता जनाउने प्रतियोगिताका खेलहरु त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुनेछन् ।
एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र मलेसिया भिड्दैछन् ।
यी दुई देशबीचको खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ ।
यसैगरी, आज मंगलबार नै मुलपानी मैदानमा हङकङ र सिंगापुरबीच खेल हुँदैछ । यी दुई देशबीचको खेल पनि बिहान ९ बजेबाट सुरू हुनेछ । यो खेल मुलपानी मैदानमा आयोजना हुने पहिलो अन्तराष्ट्रिय खेल पनि हो ।
बैशाख १८ गतेसम्म चल्ने प्रतियोगितामा सहभागि १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।
प्रिमियर कपको समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरब र समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् ।
हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनलमा पुग्ने छन् । फाइनलको विजेता टोली एसिया कप क्रिकेटका लागि छनोट हुनेछ ।
एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुँदैछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे