
काठमाडौँ, २१ चैत । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई विच भेट भएको छ । साम्पाङले आज मेयर शाहलाई कार्यालयमा पुगेर भेटका हुन् । उनीहरु बिच रमाइलो कुराकानी भएको साम्पाङले बताए ।
भेटपश्चात्सा म्पाङ भन्छन्, ‘आज बालेन शाह ज्यूसँग पहिलो भेट भयो ! रमाइलो भयो कुराकानी।’ मेयरमा विजयी भएपछि यि दुई मेयरका विचमा सामाजिक सञ्जालमा जुहारी चलेको थियो ।
साम्पाङ केही दिनदेखी काठमाडौँमा छन् । उनले हिजो सोमबार प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए । प्रधानमन्त्रिसँगको भेटमा साम्पाङले धरानका आवश्यकताहरुको फेहरिस्त सहितको माग पत्र बुझाएको थिए ।
त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राई, शहरी बिकास मन्त्री सीता गुरुङ तथा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालासँग भेटेर धरानको विकासको लागी पहल गर्न माग समेत उनले गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे