
तनहुँ, चैत १७ । तनहुँको भानु नगरपालिका९२ भकुन्थोकमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मल ल्याउँदै गरेको ट्र्याक्टरको टेलर छिनेर सोही टेलरले च्यापिएर एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मृतकको विवरण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिनुभयो ।
दुर्घटनामा घाइते दुई जनाको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्र्याक्टर चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ । रासस
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे