
काठमाडौँ, १३ चैत । कोशी प्रदेश सरकारले प्रदेश नामकरणको विरोधमा भएको प्रदर्शनमा घाइते भई मृत्यु भएका पदम लिम्बूको परिवारलाई ३ लाख रूपैयाँ दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले लिम्बुको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकलाई श्रदाञ्जली र परिवारमा समवेदना प्रकट गरेको छ ।
गत चैत ५ गते भएको विराटनगरको आन्दोलनका क्रममा घाइते भएका लिम्बूको उपचारको क्रममा गत १० गते निधन भएको थियो ।
त्यस्तै, प्रदेश सरकारले घटनाको सम्बन्धमा संघीय सरकारद्वारा गठित छानबिन समितिलाई सहजीकरण गर्ने निर्णय गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे