
काठमाडौँ , ८ चैत | राष्ट्रिय सभाका सांसद डा. विमला राई पौड्यालले मङ्गलबार केही युवाहरूमाथि प्रहरीले बोल्न नदिएर मुख थुनेको विषयमा सरकारसँग जवाफ माग गरेकी छिन्। मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले बानेश्वरमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए ।
उनीहरुलाई प्रहरीले पक्राउ पक्राउ गरेको छ ।युवाहरूले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेपछि प्रहरीले युवाहरूको मुख थुनेर बोल्न दिएको थिएन ।सोही विषयमा आज सांसद पौड्यालले यस बारेमा सरकारको जवाफ माग गरेकी हुन्।
उनले भनिन्, “ हिजोदेखि सञ्चार जगत र सामाजिक सञ्जालमा केही युवाहरु बोल्न खोजेको र केही प्रहरीहरुले उनीहरुको जबरजस्ती मुख थुनेको र घाँटी न्याकीरहेको देखिएको छ। लछारपछार पारिरहेको तस्बिर देखिरहेका छौँ। ती युवाहरूले के बोल्न खोजेका थिए र प्रहरीले ज्यादती गरेको हो ? संविधानले स्वतन्त्रतापूर्वक विचार राख्न, बोल्न पाउने अधिकार सबै नागरिकलाई दिएको छ । प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ कि मिल्दैन ? ।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे