
काठमाडौं, ८ चैत | टोखा नगरपालिका-११ गोंगबु मनमैजु पुलबाट अन्दाजी साढे २ केजी तौल भएको दुर्लभ वन्यजन्तु सालकको खपेटासहित रामेछाप घर भएकी ३४ वर्षीया सन्तोषी श्रेष्ठलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले श्रेष्ठले संचालन गरेको एस एस फेन्सी कलेक्सनबाट उक्त तौलको सालकको खपेटा र २० हजार रूपैयाँ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बनधमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे