
काठमाडौँ, चैत ७ । आज चैत ७ गते अर्थात नेपाली कांग्रेसका स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको १३ औं स्मृति दिवस । यस अवसरमा नेपाली कांग्रेसले विभिन्न कार्यक्रम गरेर उनको १३ औं स्मृति दिवस मनाउँदैछ ।
कोइरालाकै नेतृत्वमा विसं २०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्र आन्दोलनरत सात दलको मार्गचित्र अनुरुप विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्न सहमत भएका थिए । भारतको टेडीमा १९८१ सालमा जन्मिएका कोइराला चार पटक प्रधानन्त्री बनेका र अन्तिम कार्यकालमा भने कार्यबाहक राष्ट्राध्यक्षको कार्यभारसमेत सम्हालेका थिए ।
उनकै नेतृत्वमा २०६५ जेठ १५ गते नेपालबाट २४० वर्षको इतिहास बोकेको शाह वंशीय राजसंस्थाको अन्त्य भई नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रका रुपमा स्थापित भएको थियो ।
नेपालमा शान्ति स्थापनाका लागि कोइरालाको ठूलो योगदान रहेको छ ।कोइरालाको निधन २०६६ चैत ७ गते भएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे