
काठमाडाैँ, चैत ५ । त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) नेतृत्वका लागि मतदान जारी छ ।लामो समयपछि भएको स्ववियुको मतदान आज बिहान ८ बजे देखि मतदान सुरु भएको हो ।
बिहान ८ देखि सुरु भएको मतदान दिउँसो ४ बजेसम्म जारी रहनेछ ।काठमाडौंको रत्नराज्य क्याम्पससहितका देशका अन्य केही क्याम्पसहरुमा भने आन्तरिक विवादका कारण मतदान हुन सकेको छैन ।
आन्तरिक विवादका कारण त्रिविका १३ वटा क्याम्पसमा भने आज स्ववियु निर्वाचन हुन नसकेको छैन । काठमाडौँमा २२ आंगिक क्याम्पसहरूमध्ये अस्कल, त्रिचन्द्र, आरआर, विश्वभाषा, मिनभवन, आयुर्वेद कीर्तिपुर र पाटन गरी ७ क्याम्पसमा निर्वाचन स्थगित भएको छ ।
काठमाडौँ उपत्यकाभित्रका ७ र बाहिरका ६ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुन नसकेको समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीले जानकारी दिए । प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन वि.सं. २०६५ देखि नियमित हुन सकेको थिएन ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे