
काठमाडौं, चैत २ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान गठबन्धन पाँच वर्षसम्मै टिक्ने बताएका छन् । निधिले निर्वाचन गराउने सरकारको नेतृत्व कांग्रेस सभापति देउवाले गर्ने बताएका छन् ।नेपाली काँग्रेस ललितपुर नगर समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता निधिले यस्तो बताएका हुन् ।
यस्तै नेता निधिले पहिलो चरणमा पुष्पकमल दाहाल प्रचण्ड, दोस्रो चरणमा माधव कुमार नेपाल र तेस्रो चरणमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताए ।
दलहरुबीच भएको सहमति अनुसार गठबन्धनको सरकार पाँच बर्षसम्म कायम रहने तथा उपराष्ट्रपति निर्वाचन लगत्तै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने र कांग्रेस सरकारमा जाने उनले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे