
काठमाडौं, चैत १ । उपराष्ट्रपति निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मतदानमा मत नहाल्ने भएको छ । यसअघि राष्ट्रपति निर्वाचनमा पनि राप्रपा तटस्थ बसेको थियो ।राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले उपराष्ट्रपति निर्वाचनको मतदानमा मत नदिने निर्णय गरेको हो ।
राप्रपाबाट प्रतिनिधिसभामा १४ र प्रदेशसभामा २८ सांसद छन्। उपराष्ट्रपति निर्वाचन यही चैत ३ गते हुँदै छ।
उपराष्ट्रपतिको निर्वाचनमा अष्टलक्ष्मी शाक्य, प्रमीला कुमारी, ममता झा, रामसहाय प्रसाद यादव गरी चार जना उम्मेदवार रहेका छन् ।प्रमिला कुमारीले आफ्नो उम्मेदवारी फिर्ता लिसकेछिन्।
यसैगरी, राप्रपा बैठकले किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउने र मूल्यवृद्धि गर्ने निर्णय अनुचित भएको जनाएको छ । यो निर्णय तत्काल फिर्ता लिई सुलभ ढङ्गले किसानलाई समयमै मलको आपूर्ति व्यवस्थापन एवम् दीर्घकालीन समस्याको समाधान गर्न रासायनिक मल कारखाना स्थापना गर्नुपर्नेमा जोड दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे