
काठमाडौं, फागुन २९ । उपराष्ट्रपति निर्वाचनका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा) का सांसद प्रमिला कुमारीले आफ्नो उम्मेदवारी फिर्ता गरेकी छिन् ।गठबन्धनका तर्फबाट साझा उम्मेदवार जसपाका सांसद रामसहायप्रसाद यादवलाई समर्थन गर्दै उनले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी हुन् । तर उम्मेदवारको अन्तिम नामावलीमा उनको नाम प्रकाशित भइसकेको छ ।
उनले विज्ञप्ति जारी गर्दै भनेकी छिन् , ‘‘मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता, समावेशिता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र समाजवाद प्रति निष्ठापूर्वक सधैँ समर्पित रहने शालीन स्वभावका, सादा जीवन, निष्कलङ्क एवम् स्वच्छ छवि र उच्च विचार भएका एक बौद्धिक एवम् परिपक्व नेता रामसहाय प्रसाद यादव, उप–राष्ट्रपति जस्तो गरिमामय पदका लागि सबै भन्दा उपयुक्त, योग्य र सक्षम उम्मेदवार हुनुहुन्छ । प्राविधिक रूपमा मेरो नाम उम्मेदवारको सूचीमा रहन गएको भएता पनि प्रतिबद्धताका साथ म उहाँलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु ।’’

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे