
सुनसरी, फागुन २९ । धरान उपमहानगरपालिका-१६ नौलोबस्तीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १२ हजार २ सय क्याप्सुल र स्पास्पेइन ५ सय ३० क्याप्सुलसहित सोही ठाउँ बस्ने २७ वर्षीय प्रभु साह समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यलय विराटनगर र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे