
ओखलढुङ्गा, २१ फागुन । ओखलढुङ्गाको चिसङ्खुगढीमा भिरबाट जीप पल्टिँदा दुई जनाको ज्यान गएको छ ।
चिसङ्खुगढी गाउँपालिका–३ चापाकोटबाट जिल्ला सदरमुकामका लागि छुटेको ना १ ज ८४७३ नम्बरको जीप बिहान दियालेमा दुर्घटना हुँदा अन्य ९ जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार दुर्घटनामा मिनबहादुर श्रेष्ठ र भक्तबहादुर थापाको ज्यान गएको छ ।
जीपमा ११ जना यात्रु थिए । दुर्घटनामा तिर्थ लक्ष्मी थापा, शर्मीला श्रेष्ठ, खेम अधिकारी, तुलसादेवी कटेल, आयुषा श्रेष्ठ , केन्द्र कार्की, लडिसा श्रेष्ठ, तिलक कुमारी श्रेष्ठ र चालक सुमन कार्की घाइते भएका छन् ।
घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत् काठमाण्डौ ल्याइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे