
काठमाडौँ, १९ फागुन । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल महाप्रबन्धकको जिम्मेवारी प्रतापबाबु तिवारीलाई दिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले विभागीय प्रमुखहरूको जिम्मेवारी हेरफेर गर्दै तिवारीलाई महाप्रबन्धकको जिम्मेवारी दिएको हो । तत्कालीन महाप्रबन्धक प्रेमनाथ ठाकुर घुस मागेको आरोपमा निलम्बनमा परेपछि उक्त पद खाली थियो ।
एभिएसन सर्भिसेज निर्देशनालयका प्रमुख हंशराज पाण्डेलाई भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख बनाइएको छ । भैरहवाका महाप्रबन्धक गोविन्द दाहाल यसैसाता सेवा निवृत्त हुँदैछन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे