
काठमाडौं, फागुन ३ । बुधबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै राप्रपाका सांसद् ज्ञानबहादुर शाहीले तत्काल गृहमन्त्री नियुक्त गर्न माग गरेका छन्। राप्रपाका प्रमुख सचेतक शाहीले गत सोमबार नयाँ बसपार्क क्षेत्रमा भएको घटनासहितले देशमा सरकार नभएको आभास गराएको बताए ।
गृहमन्त्रालयमै मन्त्री नियुक्त नहुँदा देशमा अराजतक, लुटपाट भएको भन्दै उनले तत्काल गृहमन्त्री नियुक्त गर्न माग गरेका छन् । शाहीको प्रश्न थियो , यो देशमा नेपाल सरकारको गृहमन्त्रालयको संयन्त्र छ तर गृहमन्त्री किन खाली ?
गृहमन्त्री नभएकै कारण देशमा लुटपाट भएको त्यसैले तत्काल गृहमन्त्री नियुक्त गर्न शाहीले आग्रह गरे ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे