
काठमाडौँ , फागुन १ | नेपाल सरकारले टर्कीका भूकम्प पीडितका लागि राहत सामग्री पठाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत अत्यावश्यक सामग्रीसहित करिब २२ टनभन्दा बढी राहत सामग्रीको पहिलो ढुवानीमा टर्किस एयरलाइन्समार्फत पठाइएको हो ।
२५ माघमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले टर्कीमा अत्यावश्यक सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको थियो ।
भूकम्पमा परी टर्की र सिरियामा गरी ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । उद्धार कार्य जारी रहेको छ भने भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या अझै हजारौँ रहेको हुनसक्ने अनुमान गरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे