
काठमाडौँ, १ फागुन। नेकपा माओवादी केन्द्रकी नेतृ विमला कुमारी खत्री (वली) ले पार्टी परित्याग गरेकी छन् ।
ओलीले गत माघ २४ गते नै माओवादी केन्द्र दाङका अध्यक्षलाई पत्र पठाएको जानकारी गराउँदै पार्टी परित्यागको घोषणा गरेकी हुन् ।
‘मलाई पार्टीले युज एण्ड थ्रो गरेको अनुभूती भयो । यत्रो सरकार नै परिवर्तन गराई हाम्रो पार्टीको नेतृत्वमा सरकार निर्माणमा खेलेको भूमिकाको कुनै ख्याल नगरी अहिले कुनै वास्ता नै नगर्ने, कुनै कमिटीमा नजोड्ने जस्ता कार्यले म प्रति अपमान गरेको अनुभूती भएको छ । त्यसैले आजैको मितिबाट म माओवादी केन्द्रको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको घोषणा गर्दछु ।’ राजीनामा पत्रमा भनिएको छ ।
सरकार परिवर्तन भइ आफ्नै नेतृत्वमा सरकार बन्दा पनि माओवादी पार्टीले कुनै वास्ता नगरेको उहाँको गुनासो छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे