
काठमाडौँ , माघ २७ । सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ। शुक्रवार बिहान ९:३० बजेबाट बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बालुवाटारमा भएको बैठकमा सत्तारुढ दलका शिर्षस्थ चार नेताहरुको उपस्थिति रहेकाे छ। रास्वपा सरकारबाट बाहिरिएपछि पहिलोपल्ट संयन्त्रको बैठक बसेको छ ।
बैठकमा प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् । नागरिक उन्मक्ति पार्टीकाे भने बैठकमा उपस्थिति छैन।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे