
काठमाडौँ , २४ माघ | नवनिर्वाचित राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन् ।राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहमा उनले पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।
शपथ ग्रहण कार्यक्रममा राष्ट्रपति बिद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड , सभामुख देवराज घिमिरे लगायत उपस्थित थिए ।
शपथ लगत्तै संसद् सचिवालयमा उनले कार्यभार सम्हाल्ने कार्यक्रम रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे