
काठमाडौँ , २४ माघ |नेपाल शैक्षिक परामर्श संघ इक्यानले १५औँ वार्षिक पिकनिक कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल शैक्षिक परामर्श संघ इक्यानले गत शनिबार चन्द्रागिरि हिल्समा १५औँ वार्षिक पिकनिक कार्यक्रम आयोजना गरेको छ ।
पिकनिकमा राम्रो संख्यामा इकानियन, शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू जस्तै बिंगो, गायन, नृत्य र शुभकामना कार्यक्रमले अत्यधिक मनोरञ्जन र एकअर्कालाई व्यस्त राखिएको थियो।
इक्यानका अध्यक्ष प्रकाश पाण्डेले सहभागी सबै सदस्य, अतिथि र प्रायोजकहरूलाई धन्यवाद दिँदै रिज इन्टरनेशनल कलेज, सिटी एक्सप्रेस मनी ट्रान्सफर, क्वीन्सफोड कलेज, आर्य ट्राभल्स, अस्ट्रेलियन इन्स्योरेन्स सर्भिसेज एलायन्स, अष्ट्रेलियन एकेडेमी, ईस्ट ब्रिज, जेएलसीटी र शुशाङ्क्यलाई मायाको चिनो हस्तान्तरण गर्नु भएको थीयो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे