
काठमाडौं, २० माघ । एकीकृत समाजवादीका नेता धनश्याम भुसालको गाडी दुर्घटना भएको छ ।
पार्टी कार्यालय आलोकनगर जाने क्रममा नयाँ बानेश्वरमा उनी सवार बा १६ च १३८४ नम्बरको कार अनियन्त्रित भई सडकमा राखिएको डिभाइडरमा ठोकिएको हो ।
दुर्घटनामा परी नेता भूसाल एक्कासी बेहोस भएपछि अस्पताल भर्ना भएका छन् । बेहोस भएपछि उनलाई उपचारका लागि नयाँ वानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे