
काठमाडौँ, २० माघ । नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी विशाल राई अष्ट्रेलिया प्रस्थान गरेका छन्।
मच्छिन्द्र फुटबल क्लबबाट ए डिभिजन लिग खेल्दै आएका विशाल शुक्रबार अष्ट्रेलिया प्रस्थान गरेका हुन्।
उनलाई मछिन्द्र क्लबका म्यानेजर अनिल श्रेष्ठ लगायत खेलाडीहरुले उज्ज्वल भविष्यको शुभकामनासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाई गरेका छन्।
केही समयअघि मात्रै तेज तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ र नितिन थापा मगर अष्ट्रेलिया गएका थिए।
खेलाडीहरुले देशमा भविष्य नदेखेर विदेश पलायन हुन थालेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे