
रौतहट,२० माघ | आफ्नै बुबा ५५ वर्षीय निर कुमार राईको दाउराको चिरपट प्रहार गरी हत्या गरेको अभियोगमा चन्द्रपुर नगरपालिका-६ हातेमालो सामुदायिक वन नजिक बस्ने ३२ वर्षीय प्रकाश राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरी घरायसी वादविवादको कारण प्रकाशले दाउराको चिरपट प्रहार गर्दा गम्भीर घाइते भएका निर कुमारको चपुरस्थित चन्द्रपुर अस्पताल प्रालिमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे