
काठमाडौँ ,२० माघ | नागरिक उन्मुक्तिका सचेतक अरुणकुमार चौधरीलाई जेल चलान गरिएको छ।चौधरीलाई १३ वर्ष पुरानो आगजनीको घटनामा ६ महिना कैद सजाय सुनाइएको थियो ।बिहीबार बाँकेमा पक्राउ परेका उनलाई प्रहरीले शुक्रबार बिहानै जिल्ला अदालत कैलालीमा पेश गरेको थियो । अदालतबाट कैदी पुर्जी बुझेर चौधरी कारागार चलान भएका छन् ।
चौधरीले गत मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएर सांसद पद जितेका हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे