
काठमाडौँ ,१८ माघ |बुधबार सिन्धुलीका युवराज पौडेल सफलले राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएका छन् । निवेदनमा अवैधानिक नागरिकता पेश गरेर लामिछानेको अध्यक्षतामा आयोगमा दल दर्ता गरेको भन्दै कानुनसम्मत दल अवैधानिक रहेको कारण देखाउँदै दल खारेज गर्न माग गरिएको छ ।
रवि लामिछानेलाई सर्वोच्च अदालत संवैधानिक इजलासको मिति २०७९/१०/१३ गतेको फैसलाले अनागरिक भएको ठहर गरेको, निजले दल दर्ता गर्दा एवं सांसदको उम्मेदवार बन्दा पेश गरेको नागरिकता कानुनतः अवैधानिक रहेकोले सोही अवैधानिक नागरिकता पेश गरी निजको अध्यक्षतामा बैठक बसी दल खोल्ने गरेको निर्णय, निजले गरेको हस्ताक्षरसमेत अवैधानिक ठहर भएकाले तत्काल पार्टी खारेज गर्न उनको माग छ ।
लामिछानेको अध्यक्षतामा २०७९ असार १७ गते आयोगमा दल दर्ता गरिएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे