
काठमाडौँ, माघ १५ । रवि लामिछानेले आज जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिने तयारी गरेका छन्।बबरमहस्थित जिप्रकामा गएर उनले आवश्यक प्रक्रिया पूरा गरेपछि नागरिकता पाउने भएका छन् ।
रविलाई नागरिकता लिन अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुरानो नागरिकताको प्रमाणपत्र वा प्रतिलिपि, तस्बिर र एक फारम भरेर पेश गर्नुपर्ने छ।अवैध नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको शुक्रबारको फैसलाबाट लामिछानेको सांसद पद, पार्टी सभापति पद र गृहमन्त्रीको पद समेत खारेज भएको छ।
उनले प्रधानमन्त्री दाहाल समक्ष उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका थिए।उनी चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे