
काठमाडौँ, १४ माघ । सर्वोच्च अदालतले अनागरिक ठहर गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पार्टीबाट पनि पदमुक्त भएका छनु । पार्टीको आकस्मिक बैठकले उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ।
पार्टी प्रवक्ता डा. मुकुल ढकालले विज्ञप्ति जारी गर्दै संसदीय दलको नेतामा पनि अर्याललाई चयन गरेको बताए् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसमेत रहेका अर्याल रास्वपाबाट समानुपातिक सांसद् हुन्।
पार्टीका सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरु संयमित रही विधिको र कानुनको सम्मान गर्न सबैमा हार्दिक अनुरोध समेत ढकालले गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे