
काठमाडौं, माघ ११ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले राज्यको लाचारीका कारण नागरिकले आत्मदाह गर्नुपर्ने अवस्था आएको बताएका छन् ।मेयर बालेन्द्र शाहले आत्मदाहको सबैभन्दा ठूलो कारण राज्य भएको बताएका छन् ।
मंगलबार बानेश्वरस्थित संसद भवन अगाडि आफैंलाई आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत आचार्यको आज बुधबार विहान निधन भएको हो ।
सामाजिक सञ्जाल मार्फत आचार्यप्रति श्रद्धाञ्जली दिंदै मेयर साहले एउटा नागरिकले आत्मदाह गर्नुपर्ने अवस्थाको भयानक संकेत राज्य असफल भएको हो बताएका छन् ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे