
काठमाडौँ, १० माघ । नयाँ बानेश्वरमा एक युवकले आत्मदाह प्रयास गरेका छन्। मंगलबार दिउँसो इलामको पञ्चकन्याका प्रेम आचार्यले आत्मदाह प्रयास गरेका हुन् ।
उनलाई प्रहरीले उद्दार गरेर उपचारका लागि बर्न अस्पताल कीर्तिपुर पठाइएको छ ।
आचार्यले आफैमाथि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन्।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे