
काठमाडौँ ५ माघ | जनमत पार्टीका अध्यक्ष सिके राउतले मन्त्रिपरिषद विस्तार गर्दा मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गरिएको भन्दै आक्रोश व्यक्त गरेको छन् । उनले वर्तमान सरकारले पूरै मधेशी र थारूलाई बहिष्करण गरेको पनि टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत अध्यक्ष राउतले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रपरिषद् विस्तार गर्दा मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गरिएको भन्दै आक्रोश व्यक्त गरेका हुन् । सीके राउत नेतृत्वको जनमत पार्टीले सुरुमै एकजना मन्त्री सरकारमा पठाइसकेको छ । जनमत पार्टीले खानेपानी मन्त्रालय पाएको छ तर पहिले राउतलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने सहमति भएको थियो ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् , ‘कुरा केवल जनमत पार्टीको होइन, जसपा र लोसपा र जनमत र नाउपा सबैलाई पाखा लगाउँदै शासकवर्गले बूलडोज गरेको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे