
काठमाडौँ, माघ १ । आज माघ १ अर्थात् माघे सङ्क्रान्ति । आजबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गदैँछ । आजबाट दिनभन्दा रात छोटो हुँदै जानेछ । आज देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ ।
आज घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो एवम् खिचडी खाने गरिन्छ ।यी परिकारले जाडोमा न्यानो दिने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो ।तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् ।
थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन गरेर माघी पर्व मनाउँदैछन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे