
काठमाडौं , ३० पुस । गण्डकी प्रदेशको सभामुख पदका लागि आज निर्वाचन हुँदैछ ।सत्तारुढ गठबन्धनबाट गण्डकी प्रदेशको सभामुखमा नेकपा(माओवादी केन्द्र)का कृष्णप्रसाद धिताल उम्मेदवार बन्ने भएका छन्।
सभामुख निर्वाचनका लागि प्रदेशसभाको बैठक दिउँसो ३ बजे बोलाइएको छ । यसअघि नै सभामुख पाउने निर्णय भइसकेको छ।भागवण्डा अनुसार नेकपा(एमाले)ले मुख्यमन्त्री र माओवादीले सभामुख पाउने गरी निर्णय भइसकेको छ।
गण्डकी प्रदेशसभामा एमालेका २२ , राप्रपाका २ , नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ८ र स्वतन्त्र एक सदस्य गरि ६० सदस्य रहेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे