
काठमाडौँ, २७ पुस । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेकपा एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको बताएका छन् ।
बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै उहाँले सांसद महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको बताउनुभएको हो ।
पत्रकारहरूले गृहमन्त्री लामिछानेलाई फरार अभियुक्त संसद्मै उपस्थित हुँदा पनि किन पक्राउ गर्न सक्नुभएन भनी प्रश्न गरेका थिए ।उहाँले भन्नुभयो, ‘फौजदारी मुद्दाका आरोपित फरार सांसद महतोलाई पक्राउ गर्न प्रहरीलाई केही दिनअघि नै निर्देशन दिइसकेको छु।’
सांसद महतोले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिनिधिसभा बैठकमा सहभागी भइ प्रधानमन्त्रीको पक्षमा मत दिएका थिए ।मधेश आन्दोलनका क्रममा असई थमन विकलाई घाइते अवस्थामा एम्बुलेन्सबाट निकालेर हत्या गरेको घटनामा सांसद महतो पनि आरोपित छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे