
काठमाडौँ, २६ पुस । नेकपा (एमाले) परित्याग गरेर मंसिर ४ गतेको प्रतिनिधि सभा चुनाव लडेका घनश्याम भूसाल नेकपा एकीकृत समाजावादीमा प्रवेश गर्ने भएका छन् । भुसाल केही दिनभित्रै एकीकृत समाजवादीमा आबद्ध हुन लागेका हुन् ।
नेकपा एकीकृत समाजवादीका सबैजसो नेता÷कार्यकर्ताले विचार, सिद्धान्त र लोकतान्त्रिक विधिमा कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित र एकीकृत गर्न आवश्यक सबै नीति र संरचनाका लागि देखाएको तत्परता सकारात्मक रहेको भूसालको बताएका छन् ।
भु्ुसालले ‘कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रुपान्तरण तथा एकीकरणका लागि प्रस्ताव’ समेत तयार पार्नु भएको छ । गएको मंसिर ४ गते भएको प्रतिनिधि सभा चुनावमा रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका भूसाल एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे