
काठमाडौं, पुस २५ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले पाली जनताको आशाको मतलाई खेर जान नदिने बताएका छन । प्रतिनिधिसभाको पहिलो बैठकमा सभापति लामिछानेले यस्तो बताएका हुन ।गृहमन्त्री लामिछानेले भ्रष्ट्राचारको छानबिनमा राजनीतिक दल, नेता र सांसदले दबाब र प्रभाव पार्न नहुने बताएका छन् ।
कुनै अपराध छानबिनमा आफ्ना मान्छे छुटाउन दबाब नदिन उनले आग्रह समेत गरे ।उनले भने, ‘कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारका विषमया सरकार निर्मम भएर खडा हुन्छ। संसदले पनि त्यस्ता भ्रष्टाचारका घटना छानबिनका लागि फाइल खोल्नुपर्छ।
गृहमन्त्री लामिछानेले जनताले नयाँलाई अवसर र पुराना दललाई सचेत गराएकोमा खुसी समेत व्यक्त गरे ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे