
काठमाडौं, पुस २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार अर्थतन्त्र सुधार गर्ने लक्ष्यका साथ अघि बढेको बताएका छन् । सोमवार काठमाडौंमा आयोजित ग्लोवल आईएमई बैंक र बैंक अफ काठमाण्डुबीचको एकीकृत कारोवार शुरु भएको अवसरमा बोल्दै उनले यस्तो कुरा बताउएका हुन।
प्रधानमन्त्री प्रचण्डले भने, ‘‘अर्कोतर्फ देशमा रेमिट्यान्सको योगदान बढ्दै जाँदा रेमिट्यान्सको कारोबारलाई भरपर्दो र सुरक्षित गर्नसमेत बैंक क्षेत्रको ठूलो भूमिका छ । अब ठूला परियोजनामा मात्र होइन, नवीनतम बैंकिङ तथा वित्तीय उत्पादन प्रयोग गरी आम जनताको वित्तीय क्षेत्रमा पहुँच, वित्तीय साक्षरता र स्वरोजगारका क्षेत्रमा समेत बैंकिङ क्षेत्रले योगदान गर्न जरुरी छ ।’’
उनले वित्तीय सेवाहरुको बिस्तारमा डिजिटल बैंकिङको अवधारणा भित्रिएको भन्दै यसको सही सदुपयोग गर्दै बहुभाषिक र बहुसांस्कृतिक हाम्रो देशमा प्रत्येक समुदायमा समान रुपले बैंकिङ सेवा बिस्तार गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले वित्तीय, मौद्रिक, पुँजी बजर, सहकारी, बीमा र निजी कम्पनीका निकायहरुबीच आवश्यक समन्वय गरी निजी क्षेत्रको लगानी आवश्यक रहेको बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे