
काठमाडौँ, २३ पुस । दाइजोसम्बन्धी कसुरमा डा. पंकज चौधरी जेल चलान भएका छन् । शुक्रबार जिल्ला अदालत, महोत्तरीले डा. चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।
उनकी पत्नी औरही–१ की २१ वर्षीया नेहा चौधरीले दायर गरेको दाइजोसम्बन्धी कसुर मुद्दामा शुक्रबार भएको थुनछेक बहसमा जिल्ला अदालत महोत्तरीका न्ययाधीश हरिप्रसाद शर्मा उपाध्यायको एकल इजलासले चौधरीलाई थुनामा पठाउन आदेश दिएको हो ।
नेहाले गत कात्तिक २५ मा फेसबुकमार्फत् विवाहको केही समयदेखि नै पर्याप्त दाइजो नदिएको निहुँमा श्रीमान् र परिवारले शारीरिक तथा मानसिक यातना दिन सुरू गरेको आरोप लगाएकी छन् । दाइजोमा घर माग्दै हिंसा गरेको भन्दै नेहाले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दिएकी थिइन् । पंकजलाई महोत्तरी प्रहरीले मंसिर २७ गते राती ११ बजे आफ्नै घर रामगोपालपुर–५ बाट पक्राउ गरेको थियो ।
नेहा र पंकजले तीन वर्षको प्रेम सम्बन्धपछि गत वर्षको फागुन २५ गते सामाजिक परम्परा अनुसार विवाह भएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे