
कास्की , १७ पुस | प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ आज पोखरा जाँदै छन् । आज आइतबार देखि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल संचालन हुँदैछ। आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक रुपमा सञ्चालन हुँदैछ। प्रधानमन्त्री प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटनका लागि पोखरा जाँदै छन् ।
प्रधानमन्त्री बिहान ११.०० बजे पोखरा जाने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीसँगै कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल पनि जाने कार्यक्रम रहेको छ । प्रमुख गौतमका अनुसार प्रधानमन्त्री प्रचण्डले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको शुभारम्भ गर्नुहुनेछ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेब्रुअरी २३ देखि दैनिक १८ घण्टा उडान हुनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे