
काठमाडौँ , १४ पुस | स्व. राजा वीरेन्द्र राजा महेन्द्र तथा आमा इन्द्र राज्य लक्ष्मीदेवी शाहा जेठो छोरोको रुपमा २००२ साल पुस १४ मा जन्म भएको थियो। आज उनको ७८ जन्मजयन्ती विभिन्न कार्यक्रम गरेर मनाइँदै छ।
स्वर्गीय राजा वीरेन्द्रको जन्म जयन्तीका दिन राजधानीको हनुमानढोका, मखन पशुपतिनाथमा माल्यार्पण तथा विशेष पूजाको आयोजना गरी मनाइँदै छ। उनी विसं २०२८ सालमा नेपालको राजा बनेका थिए ।
विसं २०५८ साल जेठ १९ गते शुक्रबार नारायणहिटी दरबारभित्र राजा वीरेन्द्रको वंशनाश भएको थियो। तत्कालिन रानी ऐश्वर्य, युवराज s दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतीलगायतको हत्या भएको थियो ।
उक्त घटना अझै रहस्यमै रहेको छ । यो हत्याकाण्डमा युवराज दिपेन्द्रको हात रहेको बताइए पनि अझै जनता मान्न तयार छैनन् । उक्त हत्याकाण्डमा राजा वीरेन्द्रको वंश नै नाश भएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे