
काठमाडौँ, १३ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सरकारमा सहभागी हुने भएको छ ।
स्रोतका अनुसार बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उपस्थित ९० प्रतिशतभन्दा बढी सदस्यले प्रचण्ड सरकारमा सहभागी हुनुपर्ने धारणा राखेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई राप्रपाले समर्थन गरेको थियो । राप्रपाका १४ जना प्रतिनिधि सभाका सदस्य छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे