• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख ११, शुक्रबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

“अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ”-बालेन्द्र शाह

११ घण्टा अघि
२

तथ्यहीन सामग्री रोक्न सेनाको अपिल, निगरानी कडा

११ घण्टा अघि
३

नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार

१२ घण्टा अघि
४

भूमि र आवास अधिकार उल्लंघन भएको सुकुमवासी मोर्चाको आरोप

१४ घण्टा अघि
५

आजै ७ बजेसम्म बस्ती खाली गर, नत्र डोजर चल्छ

१४ घण्टा अघि
६

इजरायल–लेबनान युद्धविराम थप तीन हप्ताका लागि बढाइयो

१५ घण्टा अघि
७

विदेशी नागरिकता लिने १७ चिकित्सकको लाइसेन्स खारेज

१५ घण्टा अघि
८

वैशाख १५ देखि काठमाडौंका सबै विद्यालयमा नियमित पढाइ सुरु

१५ घण्टा अघि
९

थापाथलीमा सुकुम्बासी हटाउने निर्णयविरुद्ध प्रदर्शन

१६ घण्टा अघि
१०

श्रीकृष्ण विक मृत्यु प्रकरण:न्याय माग्दै सिन्धुलीमा रास्वपाको धर्ना

१७ घण्टा अघि
११

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदै

१७ घण्टा अघि
१२

सुकुम्बासी हटाउने कदमप्रति हर्क साम्पाङको आपत्ति

१८ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

२ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

७ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

७ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
राससप्रकाशित मिति: २०७८ भाद्र २८, सोमबार (४ साल अघि)

नयाँ शहर आयोजनाः सात वर्षमा ३९ करोड खर्च, पूर्वाधार निर्माण सुस्त

  • 5,310 Views
  • पूर्वाधारयुक्त शहर निर्माण गरी बसोबासका लागि आकर्षण गर्ने उद्देश्यका साथ निर्माणाधीन नयाँ शहर आयोजना फिदिममा हालसम्म रु ३९ करोड बढी बजेट खर्च भएको छ ।

     

    नयाँ शहर निर्माणका लागि आवश्यक भनी यकिन गरिएका पूर्वाधार निर्माण गर्न हालसम्म रु ३९ करोड ४५ लाख ३४ हजार खर्च भएको छ । पाँचथरको फिदिमलाई पुष्पलाल (मध्यपहाडी) लोकमार्गका आसपासका १० सहरमध्ये एक नम्बरमा नयाँ शहरका रुपमा विकास गर्ने योजनाका साथ गत आर्थिक वर्ष २०७१/०७२ देखि पूर्वाधार निर्माण भइरहेकामा उक्त परिमाणमा खर्च भएको हो । उक्त रकम जग्गा खरिद, सडक, बसपार्क, उद्यान, फोहोर व्यवस्थापन स्थान, भवनलगायतको निर्माणमा खर्च भएको नयाँ शहर आयोजना कार्यालयले जनाएको छ ।

    आव २०७२÷०७३ मा फिदिममा आयोजना कार्यालय स्थापना भएपश्चात १७ किलोमिटर सडकको ट्र्याक कार्य सम्पन्न भएको छ भने ९.९४ किलोमिटर सडक ग्रावेल निर्माण भएको छ । यस्तै दुई किलोमिटर सडकको कालोपत्रे तथा १.३२ किलोमिटर सडक ढलान कार्य सम्पन्न भएको नयाँ सहर आयोजना कार्यालय फिदिमका प्रमुख विश्वराम प्रजापतिले जानकारी दिए ।

    गत आवमा ३.४३ सहित हालसम्म कार्यालयले कूल २० किलोमिटर नाला तथा ढल निर्माण कार्य सम्पन्न गरेको छ । कार्यालयका लागि दुई वटा भवन निर्माण पूरा हुनका साथै कार्यालयबाट फिदिम–२ पल्लोटारमा नौ रोपनी क्षेत्रफलमा बसपार्क निर्माण पूरा भएको उनले जानकारी दिए ।

    बहुवर्षीय योजनाका रुपमा कार्यालयले फिदिम–४ गणेशमान उद्यान र फिदिम–१४ मा सुकेपोखरी व्यवस्थापन तथा उद्यान निर्माण थालेको छ । यस्तै व्यवस्थित बसोबास निर्माणका लागि ९९ रोपनी जमिनको जग्गा एकीकरण गर्ने कार्यसमेत पूरा भएको छ । फिदिम–२ नेपालटारमा १०८ कित्तामा रहेको एकीकृत जग्गालाई सडक, विद्युत् तथा खानेपानीलगायतका संरचनाले युक्त बनाई जग्गा जग्गाधनीलाई फिर्ता गर्न थालिएको प्रजापतिले जानकारी दिए ।

    उक्त जग्गा १०० जना जग्गाधनीको हो । यहाँ सात कार्यालयको भवन निर्माणका लागिसमेत जग्गा प्राप्त भएको छ । यस्तै ६३ रोपनी क्षेत्रफलमा फैलिएको फिदिम–५ स्थित रङ्गशाला निर्माणका लागि प्रक्रया अगाडि बढाइनुका साथै ५२ रोपनी क्षेत्रफलमा रहेको फोहोर व्यवस्थापन स्थानमा समेत संरचना निर्माण गर्ने कार्यलाई सो कार्यालयले क्रमशः अगाडि बढाएको छ ।

    कार्यालयले यथाशीघ्ररुपमा फिदिम–२ को मुस्कानचोक–बसपार्क सडक तथा फिदिम–१ को शिवालय मन्दिरबाट जग्गा एकीकरण स्थानसम्म सडक कालोपत्रे गर्ने कार्यलाई अगाडि बढाउन लागेको छ । मुस्कानचोक–बसपार्क सडक निर्माणका लागि जग्गाधनी तयार नहुँदा काम अगाडि बढाउन नसकिएकाले फिदिम नगरपालिकालाई लगतकट्टा गरिदिन आग्रह गरिएको प्रजापतिले वताए । उक्त सडकले मेची राजमार्गमा चल्ने लामो दूरीका सवारीका साधनलाई फिदिम बजारभित्र प्रवेश नगरी बैकल्पिक माध्यमबाट जानसक्ने माध्यम प्रदान गर्छ ।

    सधैँ बजेट अभाव

    सात वर्षदेखि पूर्वाधार निर्माणका कार्य हुँदै आएको भए पनि आयोजनाका लागि सधैँ बजेट अभाव मुख्य समस्या देखिएको छ । नयाँ सहर निर्माणको योजनाअनुसार अहिलेसम्म यहाँ धेरै पूर्वाधार निर्माण भई निजी क्षेत्रको लगानी वृद्धि हुने तथा नयाँ सहरमा बसोबासका लागि आकर्षण बढ्नुपर्ने थियो ।

    तर नयाँ सहरका रुपमा निर्दिष्ट क्षेत्रमा कालोपत्रे सडक निर्माण, व्यवस्थित विद्युतीकरण, खानेपानी, ढल निकासीलगायतको प्रबन्ध, उद्यान, खेलमैदान, मनोरञ्जनस्थल, हाट बजारलगायतको निर्माणका कार्य व्यवस्थितरुपमा हुन सकिरहेको छैन । यस अतिरिक्त बसोबासलाई व्यवस्थित गर्ने, बसाईं सरी तराईका जिल्ला तथा ठूला सहरमा जानेलाई रोक्न यहाँ आकर्षण गराउन विशेष सुविधाको व्यवस्था गर्नेजस्ता कुनै कार्यक्रम नै बन्न सकेका छैनन् ।

    “दश वर्षसम्म निश्चित सहरमा पर्याप्त लगानी गरी त्यहाँ हुने प्रगति हेरेर अन्यत्र लगानी गरिनुपथ्र्यो”, नयाँ सहर आयोजना प्रमुख प्रजापतिले भने, “त्यसो गर्दा लगानी भएका स्थानले फड्को मार्थे भने अन्यत्र पूर्वाधार निर्माणका लागि पाठ सिक्न पाइन्थ्यो ।” तर नयाँ सहरसहित स्मार्ट सहर, हुलाकी लोकमार्गका सहर, तराई–मधेशमा अव्यवस्थित सहरलगायतको विकास गर्ने भनी घोषणा भएको तर बजेट पर्याप्त नहुँदा परिणाम प्राप्त नभएको उनको भनाइ छ । नयाँ सहरका लागि पूर्वाधार निर्माण गर्ने कार्य विसं २०९० सालमा सम्पन्न गर्ने सरकारी लक्ष्य भएकाले निर्माण थालनी भएको १० वर्षमा समीक्षा हुनेमा आफूहरु आशावादी रहेको प्रजापतिको भनाइ छ ।

    सरकारीभन्दा निजी लगानी महत्वपूर्ण

    नयाँ शहरको निर्माणमा सरकारीभन्दा निजी लगानी महत्वपूर्ण हुन्छ । सरकारले पूर्वाधार निर्माण गरेपछि त्यसैको जगमा सहर विस्तार गर्न मद्दत गर्ने काम निजी क्षेत्रबाट हुन आवश्यक छ । यसका लागि विशेषतः शिक्षा, स्वास्थ्य र रोजगारी प्रवद्र्धन गर्ने कार्य निजी क्षेत्रबाट हुनुपर्ने उनको अनुभव छ । “सरकारी लगानीको कम्तीमा तीन गुणा बढी लगानी निजी क्षेत्रबाट हुन आवश्यक छ”, प्रजापतिले भने, “तर फिदिममा त्यसरी लगानी वृद्धि भएको भने देखिएको छैन ।”

    नयाँ सहर आयोजनाको लक्ष्यअनुसार फिदिममा विसं २०९० सालमा जनसङ्ख्यालाई एक लाख पु¥याउने हो । यसका लागि शिक्षा, स्वास्थ्य तथा रोजगारीका क्षेत्रमा लगानी गर्ने, खरिद बिक्री हुने जग्गाको मूल्य सामान्य हुनुपर्ने, अन्य पूर्वाधारको प¥याप्त उपलब्धता तथा बसाई सरी आउने लक्षित समुदायको आर्थिक अवस्था सुधारका कार्यक्रम सञ्चालन हुनु आवश्यक छ । यद्यपि यस प्रकारका कार्यक्रमसमेत यहाँ सञ्चालन हुन सकेका छैनन् । “लक्षित समुदायको अर्थतन्त्र चलायमान बनाउन आयआर्जन वृद्धि, औद्योगिक ग्राम स्थापना, कृषिउपज उत्पादन तथा मूल्यमा सुधारजस्ता कार्य पनि सँगसँगै हुन सकेमात्रै लक्ष्य प्राप्ति हुन्छ”, आयोजना प्रमुख प्रजापतिले भने ।

    ठूलो लक्ष्य, कमजोर प्राथमिकता

    नयाँ शहर आयोजना समन्वय कार्यालय काठमाडौँका अनुसार सहरीकरणलाई व्यवस्थित गरी प्रत्येक नयाँ सहरलाई न्यस क्षेत्रको केन्द्रका रुपमा विकास गर्ने, ठूला सहरी क्षेत्र तथा तराईको कृषियोग्य क्षेत्रमा हुने बसाइँसराइ नियन्त्रण गर्ने, बस्तीको विकासको रणनीतिक योजना, यी सहरमा कार्यक्रम तथा भू–उपयोग व्यवस्थित गर्ने, कृषि, पर्यटन, शैक्षिक तथा औद्योगिक क्षेत्रको विकास गरी आर्थिक क्रियाकलापको बढोत्तरी गर्ने, ग्रामीण क्षेत्रबाट हुने बसाइँसराइलाई नयाँ सहर केन्द्रित गर्ने उद्देश्यले नयाँ सहर निर्माण थालिएको हो तर बसाइँसराइ तीव्र रहेको पूर्वी पहाडमै फिदिममा लक्ष्यअनुसारको कुनै पनि प्रगति देखिएका छैनन् । यहाँ विगतको जस्तै जग्गाको खरिद बिक्री तथा घर एवं पूर्वाधार निर्माण निकै धिमा गतिमा छ । नयाँ सहरमा पूर्वाधार र आकर्षण नहुँदा जीवनशैलीको परम्परागत रुपान्तरण प्रक्रिया निरन्तर छ । “ठूलो लक्ष्य राखिएको भए पनि प्राथमिकतामा नपर्ने तथा विकास प्रक्रिया राजनीतिक प्रभाव पर्नाले निराश हुनुपर्ने अवस्था छ”, आयोजना कार्यालयका प्रमुख प्रजापतिले भने ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    “अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ”-बालेन्द्र शाह
    ११ घण्टा अघि

  • २

    तथ्यहीन सामग्री रोक्न सेनाको अपिल, निगरानी कडा
    ११ घण्टा अघि

  • ३

    नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार
    १२ घण्टा अघि

  • ४

    भूमि र आवास अधिकार उल्लंघन भएको सुकुमवासी मोर्चाको आरोप
    १४ घण्टा अघि

  • ५

    आजै ७ बजेसम्म बस्ती खाली गर, नत्र डोजर चल्छ
    १४ घण्टा अघि

  • ६

    इजरायल–लेबनान युद्धविराम थप तीन हप्ताका लागि बढाइयो
    १५ घण्टा अघि

  • ७

    विदेशी नागरिकता लिने १७ चिकित्सकको लाइसेन्स खारेज
    १५ घण्टा अघि

  • ८

    वैशाख १५ देखि काठमाडौंका सबै विद्यालयमा नियमित पढाइ सुरु
    १५ घण्टा अघि

  • ९

    थापाथलीमा सुकुम्बासी हटाउने निर्णयविरुद्ध प्रदर्शन
    १६ घण्टा अघि

  • १०

    श्रीकृष्ण विक मृत्यु प्रकरण:न्याय माग्दै सिन्धुलीमा रास्वपाको धर्ना
    १७ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    सरकारी अस्पतालमा दुई दिन बिदा लागू, आकस्मिक सेवा चौबिसै घण्टा सञ्चालन

    नेपाल नक्सा
    २

    भुक्तानी सेवा प्रदायकका लागि निर्देशिका :गोपनीयता तोड्ने र हितविपरीत काम गर्ने सञ्चालकलाई सीधा जिम्मेवार बनाइने

    नेपाल नक्सा
    ३

    गृहमन्त्री गुरुङ विवादमा तानिए, पार्टीभित्रै छलफल र बाहिर दबाब चुलिँदै

    नेपाल नक्सा
    ४

    डेरावालको पहिचान सहज बनाउन विवरण राख्न, घरधनीलाई प्रहरीको आग्रह

    नेपाल नक्सा
    ५

    सम्पत्ति विवरण विवादपछि गृहमन्त्रीले दिए राजीनामा,१३ दिन र २६ दिनमै दुई मन्त्री बाहिरिए

    नेपाल नक्सा
    ६

    मातातीर्थमा भीड, सामाजिक सञ्जालमा माया अभिव्यक्ति

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution